Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – नेपाली बिधार्थी समाज जापान (नेसाज)ले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर मनाउदै आएको “नेसाज डे” यस वर्ष पनि भब्य रुपमा मनाउने तयारी गरिरहेको छ । यही मार्च ३ तारिक नागोयमा सम्पन्न हुन गैरहेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको छ ।

नेसाजले हरेक वर्ष नेपाली कला, संस्कृति का साथै नेपाली पर्यटन प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु समाबेश गर्दै आफ्नो स्थापना दिवसको रुपमा नेसाज डेको आयोजना गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस वर्ष लुम्बिनी भ्रमण वर्षलाई जापानीहरु माझ जानकारी गराउने उद्देश्य सहित गौतम बुद्द र लुम्बिनीको बारेमा एक बृतचित्र प्रस्तुत गरिने भएको छ । यसका साथै नेपाललाई चार जात छत्तीस वर्णको फ़ूलवारीको रुपमा चिनाउन नेसाजले पहिलो पल्ट बिभिन्न जातजातिका भेषभूषालाइ “नेपाली कल्चरल फेशन सो” को रुपमा उक्त कार्यक्रममा देखाउने भएको छ । बिशेष आकर्षणको रुपमा रहेका यी दुई प्रस्तुति बाहेक नेपाली स्थानीय कलाकारहरुको सांस्कृतिक नृत्य, गायनका साथै जापानी कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहने यस कार्यक्रमका संयोजक तथा नेसाजका सहसचिव कुमार डल्लाकोटीले जानकारी दिनुभएको छ |

यस कार्यक्रमको आयोजना गर्न नेसाजलाई माया गर्नुहुने बिभिन्न महानुभावहरूबाट आर्थिक रुपमा उत्साहजनक सहयोग मिलेकोले उहाहरूप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दै नेसाजका अध्यक्ष्य बिमल अधिकारीले उक्त कार्यक्रममा सहभागी बनि कार्यक्रमलाई भब्यरुपमा सफल पार्नको लागि जापानमा रहनुभएका सबै महानुभावहरुमा हार्दिक अनुरोध गर्नुभएको छ । कार्यक्रमको तयारीकै क्रममा जापानमा रहेका बिभिन्न सामाजिक संघ, संस्थाहरुलाई निमन्त्रणा पत्र पठाई सकिएकोले कुनै कारणवश पत्र प्राप्त नभएको भएपनि यसैलाइ आधार मानेर कार्यक्रममा उपस्थिति भैदिनु हुन समेत सबैमा अनुरोध गरिएको छ ।

मिति – २०१२ -मार्च -३ तारिक शनिवार
समय – दिनको ११ बजे
स्थान – ओबु सिटी हल, ओबु सी (कानायामा जे आर स्टेशनबाट ९ मिनेट ओबु स्टेशन , जे आर ओबु स्टेशनबाट १० मिनेट पैदल)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया