Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

म्याग्दी – एच.आई.भी. एड्स तथा लागुपदार्थ सम्वन्धी जनचेतना जगाउने उद्धेश्यले गत सोमवार महाशिवरात्रीको अवसर पारी म्याग्दीको सदरमुकाम वेनीस्थित कालिपुल बसपार्कमा एच.आई.भी. संक्रमितहरुद्धारा सञ्चालित गुप्त सबा मार्गदर्शन सहयोगि समुहको आयोजनामा एच.आई.भी. एड्स सम्वन्धी जनचेतना मुलक “लक्ष्मी” नामक बृत्तचित्र प्रदर्शन गरीएको छ ।

एड्स रोग नियन्त्रण संघ कास्कीद्धारा निर्मित उक्त बृत्तचित्र जनचेतना जगाउने उद्धेश्यले देशको विभिन्न स्थानमा अभियानको रुपमा प्रदर्शन गर्दै आईरहेको जानकारी संघका अध्यक्ष तथा बृत्तचित्रका परिकल्पनाकार विश्वमोहन गौचनले दिनुभयो । यसभन्दा पहिले पनि गुप्त सबा मार्गदर्शन सहयोगि समुहको आयोजनामा कार्तिक ४ गते म्याग्दी सिनेमा हलमा प्रदर्शन गरीएको थियो ।

बृत्तचित्र प्रदर्शनी कार्यक्रममा बोल्दै गुप्त सबा मार्गदर्शन सहयोगि समुहका अध्यक्ष होम बहादुर पुर्जाले वेनिबासीहरुलाई एच.आई.भी. एड्स सम्वन्धी सचेत गराउने उद्धेश्यले कार्यक्रम गरीएको बताउनुभयो । त्यस्तै कार्यक्रममा वोल्दै म्याग्दी जिल्ला खेलकुद विकाश समितिका अध्याक्ष विनोद के.सी. ले एच.आई.भी. एड्स न्यूनिकरण गर्ने प्रभावकारी माध्यम जनचेतना भएको बताउनुभयो ।

त्यसैगरी एड्स रोग नियन्त्रण संघ कास्की अध्यक्ष विश्वमोहन गौचनले मानिसहरुमा एच.आई.भी. एड्स तथा लागूपदार्थ सम्वन्धी जनचेतना जगाउने उद्धेश्यले अभियान शसक्क्त रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यस्तै डा. ज्योति शेरचनले एच.आई.भी. सम्वन्धी आफुले जानेका कुराहरु ब्यवहारमा लागू गरी अरुलाई पनि बताउनु पर्नेमा जोड दिनुभयो ।

कालिपुल बसपार्क स्थित खुल्ला मैदानमा प्रदर्शन गरिएको उक्त प्रदर्शनी कार्यक्रममा स्थानीयबासी तथा यातायात कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन युवा समाजसेवी सुवाश वि.क. ले गर्नुभएको थियो । प्रदर्शनी कार्यक्रम थकाली सेवा समिति जापानको आर्थिक सहयोगमा सम्पन्न भएको संघका अध्यक्ष विश्वमोहन गौचनले बताउँदै अन्य जिल्ला र गाँउहरुमा अभियानको रुपमा प्रदर्शन गर्ने जानकारी गराउनुभायो ।

त्यसैगरी फाल्गुन ९ गते नै म्याग्दी जिल्लाको बेनीस्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा पनि विद्यार्थीहरुलाई सचेत गराउने उद्धेश्यले लक्ष्मी बृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा डा. ज्योति शेरचन, संघका अध्यक्ष विश्वमोहन गौचन, विद्यालयका शिक्षक नारायण प्रसाद शर्मा, लगाएतले बाल्यकालदेखि नै कुलतमा र एच.आई.भी. एड्सजस्तो रोगमा नफसुन भन्ने उद्धेश्यले जनचेतनामुलक “लक्ष्मी” बृत्तचित्र प्रदर्शनबाट विधार्थीहरुमा सकरात्मक सन्देश पुग्ने बताए भने कार्यक्रम सञ्चालन समाजसेवि सुवास वि.क. ले गर्नुभएको थियो ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया