Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – जापानको लामो चिसो मौसमले बिस्तारै बिदा लिन गईरहेको छ भने हल्का न्यानोपनको मात्रा बढ्दै गईरहेको बेला यहाँका नेपाली समुदायमा रहेका संघसंस्थाहरुद्वारा कार्यक्रम आयोजनाको लहर शुरु हुन थालेको छ । यसै सन्दर्भमा आज आइतवार टोकियोमा बिभिन्न सँस्थाहरुद्वारा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । जसअनुसार एशिया फ़्रेण्डशीप एसोसियसनको आयोजनामा साइतामाकेनको कावागोयमा नेपाली कथानक चलचित्र “बाटो मुनिको फ़ूल” प्रदर्शन हुन गईरहेको छ भने सोही दिन नेपाल मगर संघ जापानले टोकियोमा ३० औं मगर दिवस तथा १३५ औं प्रथम सहिद लखन थापा स्मृति दिवस मनाउन गईरहेको छ ।

यसैगरी आजै एनआरएन जापानले आफ्नो कार्यकालको झण्डै आधा बर्ष बित्दै गर्दा भावी कार्यदिशा तय गर्न टोकियो सिनओकुबोको मिलन रेष्टुरेन्टमा बिभिन्न संघसंस्थाहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरेको छ ।

यसरी जापानको सानो समुदाय र कहालिलाग्दो ब्यस्तताका बिच एकै दिन एउटै शहरमा यति धेरै कार्यक्रमको आयोजना गरिनुले संघसंस्थाहरुबीचको सहकार्य, समन्वय र सूचना आदानप्रदानमा कमीकमजोरी रहेको पुष्टी मात्र गर्दैन, आयोजित कार्यक्रमको महत्व र सहभागिताको पक्षलाई पनि प्रत्यक्ष असर पार्ने हुँदा कुनै पनि सँस्थाले सार्बजनिक कार्यक्रमको तिथिमिति तय गर्दा ध्यान दिनुपर्ने यहाँका बुद्धिजीवीहरुको सुझाव छ ।

यसैगरी आगामी महिनाको ३ तारिख नागोयामा नेपाली बिद्यार्थी समाज जापानको “नेसाज डे” कार्यक्रम हुन गईरहेको छ भने ११ तारिख आइतवार “We For All” को आयोजनामा “अलिसा बचाउ अभियान” का सहयोगीहरुलाई सम्मान गर्न टोकियोमा एक समारोह हुन गईरहेको छ ।

यसैगरी मार्च १८ तारिख आइतवार थकाली सेवा समिति जापानले हरेक बर्ष आयोजना गर्दै आएको शुभकामना साँझको २१ औं शृँङखला टोकियोमा सम्पन्न गर्ने भएको छ र उक्त कार्यक्रममा थसेस जापानले टेलिशृँङखला “मेरी बास्सै” का चर्चित हास्यजोडी धुर्मुसे र सुन्तलीलगायत अन्य गायक कलाकारहरुलाई मेगुरो कुमिन सेन्टरमा उतार्ने भएको छ ।

यसरी जापानका ब्यस्त नेपालीहरुको हप्तामा १ दिन आउने बिदा लामबद्ध कार्यक्रमहरु सबैमा सहभागिता जनाउने हो भने महिनौका लागि बुकिङ भईसकेको मान्नुपर्ने अवस्था रहेको भावी कार्यक्रमका तालिकाहरुले बताउँछन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया