टोकियो – सन २०२० मा सम्पन्न हुने ओलम्पिक खेल टोकियोमा आयोजना गर्न माग गर्दै जापान ओलम्पिक कमिटीले आफ्नो निबेदन पत्र अन्तरराष्ट्रिय ओलम्पिक कमिटिमा दर्ता गराएको छ । उक्त निबेदन दर्ता गर्ने अन्तिम म्याद १५ फेब्रुअरी भन्दा २ दिन अगाडि नै अन्तरराष्ट्रिय ओलम्पिक कमिटीको मुख्य कार्यालयमा पठाइएको हो । यस सम्बन्धी जानकारी दिदैं जापान ओलम्पिक कमिटिका अध्यक्ष चुनेकाजु ताकेदाले भने- जापानी जनताहरुको भावनालाई समेट्दै ओलम्पिक खेलको लागि निबेदन दिन पाएकोमा खुशी लागेको छ । सन २०१६ को ओलम्पिकको लागि पनि टोकियोले निबेदन दर्ता गरेको थियो तर उक्त ओलम्पिकको आयोजना गर्ने जिम्मा ब्राजिलको रियो द जिनेरियोले हात पारेको छ । सन २०२० को लागि पनि टोकियोले इटालीको रोम, स्पेनको म्याडि्रड, टर्कीको इस्तान्बुल, कतारको दोहा तथा अजरबैजानको बाकु आदि शहरहरुसंग प्रतिस्पर्धा गर्ने भएको छ । टोकियोले आफ्नो निबेदनमा ओलम्पिक खेललाई आवश्यक पर्ने सबै पर्ुवाधारहरु ८ किलोमिटरको क्षेत्र भित्र तयार गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
ँगत प्रतिस्पर्धाबाट पाठ सिक्दै यस पटकको प्रतिस्पर्धामा भाग लिने सोंच बनाएका छौं’ -अध्यक्ष ताकेदाले भने । सन २०२० को ओलम्पिकलाई टोकियोले झन्डै २० हजारको ज्यान जाने गरी गएको गत मार्च ११ को महाभूकम्प तथा सुनामीबाट क्षतिग्रस्त जापानको पुनर्निर्माणको पक्षमा अपिल गरेको छ ।
अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले आगामी मे महिनामा हालसम्म परेका निबेदनहरुबाट पहिलो चरणको छनौट गर्ने छ भने सन २०१३ को सेप्टेम्बरमा अर्जेन्टिनाको ब्यूनर्सआयर्समा आयोजना हुने बैठकले त्यसको बारेमा अन्तिम निर्णय लिनेछ । ***