टोकियो – शेर्पा संघ जापानले शेर्पा समुदायको नयाँ बर्ष ग्याल्बो ल्होसार-२१३९ आगामी मार्च ४ तारिख आईतबारका दिन बिशेष कार्यक्रमहरुका साथ टोकियोमा मनाउने भएको छ ।
शेर्पा समुदायको नयाँ बर्ष मानिने उक्त ग्याल्बो ल्होसार आगामी मार्च ४ तारिखका दिन बिहान १२:०० बजे देखि साँझ ५:०० बजेसम्म बिभिन्न कार्यक्रमहरुका साथमा टोकियोको हाच्योबोरीस्थित हिमालयन मुन क्याफेमा मनाउन लागिएको हो । शेर्पा समुदायमा प्रचलित परिकारहरुसहितको दिवाभोज, आपसमा शुभकामना आदानप्रदान र बिशेष मनोरञ्जनपूर्वक ग्याल्बो ल्होसार मनाईन लागेको संघका महासचिव पासाङ शेर्पाले बताए ।
उक्त कार्यक्रममा उपस्थित भईदिनका लागि समस्त शेर्पा बन्धुहरुमा निमन्त्रणा पठाई सकिएको भएपनि निमन्त्रणा प्राप्त हुन नसकेको र हालसम्म शेर्पा संघको सम्पर्कमा नरहनुभएका समस्त शेर्पा बन्धुहरुसमेत यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भईदिनका लागि ल्होसार आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।
मितिः २०१२ मार्च ४ आइतवार
समय: ११:३० देखि ५ बजेसम्म
स्थान: हिमालयन मून क्याफ़े, टोकियो स्टेशन देखि पैदल ७ मिनेट
फ़ोन: 03-3553-6285
For Map: http://www.himalayanmoon.info/access.html