Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो- हालै नेपाल वान टेलिभिजन च्यानलमार्फत प्रसारित उज्जु डार्लिङ कार्यक्रमको एक अन्तरवार्तामा एनआरएन जापानको कुनै पदमा नभएकी सम्झना थापाले आफुलाई एनआरएन जापानको सचिवकारुपमा प्रस्तुत गर्दै झूठो अभिब्यक्ति दिएको भन्दै एनआरएन जापानले एक बिज्ञप्तीमार्फत घोर आपत्ति प्रकट गरेको छ ।
एनआरएन जापानको तर्फबाट प्रवक्ता शरदकुमार गौचनद्वारा प्रेषित बिज्ञप्तीमा एनआरएन जापानको कुनै पद र जिम्मेवारीमा नभएकी सम्झना थापाले आफुलाई सचिवकारुपमा प्रस्तुत गर्दै नेपाल वान च्यानलको उज्जु डार्लिङ नामक कार्यक्रममा झूठो अभिब्यक्ति दिएकोमा घोर आपत्ति प्रकट गर्दै उक्त भ्रामक एवं झूठो अभिब्यक्तिप्रति भ्रममा नपर्न अनुरोध गरिएको छ । उक्त बिज्ञप्तीको पूर्ण पाठ यसप्रकार छ ।
नेपालबाट प्रसारण भएको नेपाल वान टेलिभिजनको एक कार्यक्रममा एक महिलाले दिएको अन्तरवार्ताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, उज्जु डार्लिंङ नामक उक्त कार्यक्रममा आफु एनआरएन जापानको सचिव पदमा निर्वाचित भएको भन्दै दिएको अन्तर्वार्ता सरासर झुट र भ्रामक भएकोले उक्त अन्तर्वार्ताप्रति घोर आपत्ति प्रकट गर्दछौं, साथै, उक्त कार्यक्रमको फ्ल्यास गरिएको टेलोपमा अन्तर्वार्ता दिएकी महिलालाई इंगित गर्दै एनआरएन जापानको महासचिब भनि देखाईएको छ, जुन झुठ र भ्रामक प्रचारको निम्ति प्रयोग गरिएको भन्ने हाम्रो ठहर छ । उक्त कार्यक्रममा प्रसारण गरिएकी सम्झना थापा नाम गरेकी महिला एनआरएन जापानको कुनै पनि पदमा नरहेको जानकारी पनि गराउन चाहान्छौ । यस्ता खाले झुठ, भ्रामक, अतिरञ्जित र प्रोपागाण्डाको बिउ छर्ने खबर प्रसारणले गर्दा नेपाल वान भन्ने च्यालनको हैसियत नेपाली जनता र बिशेषगरी जापानबासी नेपाली माझ छर्लङ्ग भएको छ । हाम्रो नजरमा निज थापा भन्दा पनि अध्ययन र अनुसन्धान बिना नै कार्यक्रमको निर्माण गरी बालबच्चापनले प्रसारण गर्दै एउटा गरिमामय संस्थाको पदिय दुरुपयोग गरिनुमा व्यक्तिगत स्वार्थको लागि रणनीतिक प्रपोगाण्ड रचिएको हो भन्ने ठम्याई रहेकोले यसको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित प्रसारण केन्द्र समक्ष माग गर्दछौ । यसका साथै, सत्यतथ्य खबर सम्प्रेषण र प्रसंशनिय कार्यक्रम प्रस्तुतिमा केन्द्रिकृत हुन पनि अनुरोध गर्दछौं ।

जापान टोकियोको हाचिओजी क्षेत्रमा रेष्टुरेन्ट ब्यवसाय गर्दै आएकी थापा केहि समय अगाडि नेपाल फर्केकी थिईन् । उनले नेपाल वान टेलिभिजनको एक कार्यक्रममा ब्यक्त गरेकी अभिब्यक्तिबाट जापानका नेपालीहरु आश्चर्यचकितमा परेका छन् । उनले के कस्तो आशयबाट त्यस्ता अभिब्यक्ति दिईन् यसको रहष्य भने अझै खुल्न सकेको छैन । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया