Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो –  नेपाल मगर संघ टोकियो जापानले आउँदो फेब्रुअरी २६ तारिख आइतवारका दिन ३० औं मगर दिवस तथा १३५ औं प्रथम सहिद लखन थापा स्मृति दिवस मनाउने भएको छ ।

टोकियोको मुटुमा पर्ने योयोगी पार्कमा बिशेष बनभोजसहितको एक खुल्ला समारोहको आयोजना गरी ३० औं मगर दिवस तथा लखन थापा स्मृति दिवस मनाउन लागेको संघका अध्यक्ष शैलेन्द्र थापा मगरले बताए ।

हरेक बर्षको फाल्गुण १५ लाई मगर समुदायले मगर दिवसकोरुपमा मनाउँदै आएको सो दिवस यस बर्ष जापानको सन्दर्भमा तिथिमितिले १ दिन अघि २६ तारिखका दिन प्रथम सहिद लखन थापा स्मृति दिवस सहित मनाउन लागिएको संघका संरक्षक नविन थापा मगरले बताए ।

“मगर सम्प्रदायको पहिचान र मगर दिवसको ऐतिहासिक महत्वबारे तमाम मगरबन्धुहरुमा जानकारी होस् भन्ने हेतुले जापानको ब्यस्ततामा पनि हरेक बर्ष मगर दिवस मनाउँदै आईरहेका छौं, यो बर्ष २६ तारिखका दिन बिशेष हर्षोल्लासपूर्वक मगर दिवस मनाउन गईरहेका छौं’- संघका पूर्व अध्यक्ष गमप्रसाद जुग्जाली मगरले भने ।

योयोगी पार्कमा दिउँसो १२ बजेदेखि अपरान्ह ५ बजेसम्म आयोजना हुन गईरहेको मगर दिवस तथा लखन थापा स्मृति दिवस समारोहमा उपस्थित भईदिन संघले जापानबासी समस्त मगरबन्धुहरुलगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवं इच्छुक महानुभावहरु सबैमा हार्दिक अनुरोध गरेको छ ।

उक्त कार्यक्रम सम्बन्धमा बिस्तृत जानकारीसहितको थप सूचनाका लागि समुद्रपारि डट कम हेर्नु हुन पनि आयोजकहरुले अनुरोध गरेका छन् । ***

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया