Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं– पाँचौ विश्व सम्मेलनमा विजयी पदाधिकारी तथा सम्मेलनका लागि नेपाल आएका गैरआवासीय नेपालीहरु शनिबार विभिन्न भेटघाट तथा छलफलमा सहभागी हुने भएका छन ।
शुक्रबार राति नयाँ नेतृत्व चयन भएकाले नयाँ कार्यसमितिको बैठक पनि शनिबार नै बस्ने भएको छ । नयाँ कार्यसमितिले तत्काल गर्ने नयाँ कार्यक्रमहरुको बारेमा बैठकमा निर्णय गर्ने नवनिर्वाचित ओसियाना क्षेत्रिय संयोजक मन खत्रीले जानकारी दिनुभयो । बैठकले केही कार्यविभिजन समेत गर्न सक्ने श्रोतले जनाएको छ ।
गैरआवासिय नेपालीहरुको सम्मान तथा स्वागतका लागी नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टा छुट्टै चियापानको आयोजना गरेका छन ।
कांग्रेसले पाटी कार्यालय सानेपामा दिउँसो २ बजे चियापानको लागि बोलाएको छ । त्यसैगरी नेकपा एमालेले साँझ पाँच बजे मल्ल होटलमा बोलाएको एनआरएनले जनाएको छ । दुवै कार्यक्रममा दुवै पार्टीका शिर्षस्थ नेताहरु पनि सहभागी हुने दुवै पार्टीले जनाएका छन ।
जिवा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको सम्मेलनले १७ बुदे काठमाण्डौ घोषणा पत्र पनि जारी गरेको छ । घोषणा पत्रमा सरकारले बनाउन लागेको लगानी बर्षलाई पुर्णरुपमा सहयोग गर्दै अत्याधिक धेरै लगानी स्वदेशमा भित्र्याउने, खुल्ला विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने, बैदेशिक लगानीलाई सुरक्षित गराउने लगायतका विषयहरु समेटिएका छन् ।

तपाईको प्रतिक्रिया