टोकियो – नेपाल जापान रेमिट्यान्स सेवाको सफलताको पहिलो बर्ष पुरा गरेको अवसरमा आईएमई फाइनान्सियल इन्ष्टिच्युसन लिमिटेडले आईएमई प्रालीसँगको सहकार्यमा जापानमा रहेका नेपालीहरुलाई मध्येनजर गरि बिशेष रेमिटयान्स खाताको थालनी गरेको छ ।
आईएमईद्वारा जारी गरिएको विज्ञप्ति अनुसार उक्त खाताले दैनिक मौज्दातमा बार्षिक ८.५ प्रतिशत र मुद्दती तर्फ न्युनतम एकलाखको १२ प्रतिशत आर्कषक व्याज दिने व्यवस्था गरेको छ । यसका साथै जापानमा रहेका आफना ग्राहकहरुले माग गरेको तीनदिनभित्रै बिशेष सहुलियतमा ऋण सुबिधा समेत प्राप्त गर्ने सक्ने छन् भने ग्राहकका लागि चेकबुक र एटिम समेत जापानमा नै बितरण व्यवस्था हुनेछ ।
फेब्रुअरी १, २०१२ देखि लागु हुनेगरि सेवा शुल्क समेत प्रचलित दरबाट घटाएर हरेक कारोवारको जापानी येन ८ सय ८० लागु गराएको आईएमईले ग्राहकहरुको लागि बढिमा पाँच मिनेट निःशुल्क फोन गर्न पाउने सुविधा समेत उपलब्ध गराएको छ ।
त्यसैगरी विज्ञप्तिमा भनिएको छ – “आई.एम.ई.जापानमा क्योदाईको सहकार्यमा र अन्य बिश्वका बिभिन्न मुलुकबाट अन्य रेमिट्यान्स पार्टनरहरुसग“को सहकार्यमा सुरक्षित, भरपर्दा एव सर्वसुलभ रुपमा बिश्वसनिय रेमिट्यान्स सेवा दिन प्रतिबद्ध छ । जापानमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउँदा क्योदाईको शाखाहरु मार्फत् वा जापानका बिभिन्न शहरहरु टोकियो, गुम्वा, नागोया,योकोहामा लगाएयतका बिभिन्न स्थानमा रहेका बाणिज्य बैकमा एटिएम काउण्टर मार्फत वा पोष्टअफिसबाटै सिधै जम्मा गर्ने र इन्टरनेशनल मनी एक्सप्रेस आईएमईका नेपालभर रहेका झण्डै १८ सय शाखा सव एजेण्टहरुमार्फत उनिहरुको आफन्तहरुले प्राप्त गर्न सक्नेछन ।”