मात्र ८८० येनमा पैसा पठाउन पाइने
टोकियो – जापानबाट सबैभन्दा पहिले नेपालमा रेमिट सेवा सुरु गरेको सिटी एक्सप्रेस जापानले भोलि फेब्रुअरी १ तारिखदेखि जापानको प्रतिष्ठित कम्पनी एसबीआईसँग मिलेर नयाँ योजनाका साथ सेवा शुभारम्भ गर्ने भएको छ ।
टोकियोको सिनओकुबोस्थित सिटी एक्सप्रेस जापानको कार्यालयबाट कम्पनीका अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा जारि गरिएको विज्ञप्तिमा सिटी एक्सप्रेसको सेवा चौथो वर्षमा प्रवेशसँगै एसबिआईसँगको सहकार्य शुभारम्भको उपलक्ष्यमा सेवा शुल्कमा भारी छुट दिइएको बताइएको छ । जसमा २०१२ फेब्रुअरी १ तारिखदेखि अप्रिल ३० तारिखसम्मको अवधिभर SBI Remittance Card मार्फत् ८८० येनमा १०० मान येनसम्म पैसा पठाउन सकिने छ ।
सिटी एक्सप्रेस जापानद्वारा जारि विज्ञप्तिको पूर्णपाठः
आदरणीय ग्राहकवर्गमा
सादर नमस्कार,
जापानबाट सबैभन्दा पहिले नेपालमा रेमिटेन्स भित्र्याउन सफल सिटी एक्सप्रेस मनि ट्रान्सफर र इताउ बैंकलाई सन् २००८ अक्टोबरदेखि हालसम्म निरन्तर यहाँहरुको सेवा गर्ने अवसर दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । यही २०१२ साल फेब्रुअरी १ तारिखदेखि इताउ वैंकले आफ्नो नेपालको रेमिट्यान्स सम्बन्धी सम्पूर्ण कारोबार जापानको प्रतिष्ठित कम्पनी एसबिआई रेमिट् मार्फत् गर्न गइरहेको सन्दर्भमा हाम्रा ग्राहकहरुलाई अझ राम्रो सेवा र सुविधा उपलब्ध गराउनका लागि एसबिआई रेमिट् र सिटी एक्सप्रेस मिलेर नयाँ ढंगले रेमिटेन्स सेवा सञ्चालन गर्न गईरहेको ब्यहोरा सहर्ष जानकारी गराउन चाहान्छौं । इताउ कार्ड लिनुभएका हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुलाई हाम्रो नयाँ सुविधा उपलब्ध गराउनका लागि SBI Remittance Card पठाउन सुरु गरेका छौं ।
सिटी एक्सप्रेसको सेवा चौथो वर्षमा प्रवेशसँगै एसबिआईसँगको सहकार्य शुभारम्भको उपलक्ष्यमा सेवा शुल्कमा भारी छुट दिइएको छ । जसमा २०१२ फेब्रुअरी १ तारिखदेखि अप्रिल ३० तारिखसम्म ८८० येनमा पैसा पठाउन सकिने छ । SBI Remittance Card मार्फत् मात्र ८८० येन सेवा शुल्कमा १०० मान येनसम्म पठाउन सकिनेछ ।
यस नयाँ SBI Remittance Card का विशेषता तथा अन्य जानकारीहरु निम्न बमोजिम रहेका छन्
१. पैसा पठाउने तरिका पुरानो इताउ कार्डको जस्तै हुने छ, कुनै परिवर्तन गरिएको छैन ।
२. नयाँ SBI Remittance Card मा पैसा पाउने व्यक्ति वा वैंक डिपोजिट गर्नुपर्ने खातामा कुनै परिवर्तन हुने छैन । पुरानो इताउ कार्डमा जे थियो, नयाँ SBI Remittance Card मा पनि त्यही नै हुनेछ ।
३. नयाँ कार्डबाट पैसा पठाउँदा अझ सस्तो र छिटो सेवा प्राप्त गर्न सकिने छ ।
४. यस कार्डबाट एक पटकमा १ सय मान येनसम्म र एक महिनामा १ सय ५० मान येनसम्म पठाउन सकिने छ । यसभन्दा बढि पठाउनुपरेमा सिटी एक्सप्रेस जापानको कार्यालयमा सम्पर्क गर्नुहोला ।
५. फेब्रुअरी १, २०१२ बाट पुरानो इताउ कार्डको सट्टामा पठाइएको नयाँ SBI Remittance Card प्रयोग गर्नुहुन अनुरोध गरिन्छ ।
६. इताउ कार्ड बनाउँदा दर्ता भएको ठेगाना परिवर्तन भएका ग्राहक महानुभावहरुले नयाँ SBI Remittance Card प्राप्त गर्नका लागि सिटी एक्सप्रेस जापानको कार्यालयमा सम्पर्क गर्नुहुन वा SMS मार्फत् आफ्नो नयाँ ठेगाना उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
७. नयाँ SBI Remittance Card बनाउनु परेमा, पुरानो कार्डको ठेगाना, फोन नं. अथवा पाउने व्यक्ति वा खाता परिवर्तन गर्नुपरेमा सिटी एक्स्प्रेसको फोन नम्बरमा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
८. नयाँ SBI Remittance Card प्राप्त गर्नुभएपछि कार्डमा लेखिएको पैसा पठाउने व्यक्ति र पाउने व्यक्तिको नाम ठीक भए नभएको कुरा राम्ररी चेक गर्नुहोला ।
९. SBI Remittance Card बनाउन इच्छुक हाम्रा नयाँ ग्राहकहरुले सिटी एक्सप्रेस जापानको कार्यालयमा सम्पर्क गर्नहुन हार्दिक अनुरोध गर्दछौं ।
अन्त्यमा, सस्तो, भरपर्दो र बिना झन्झटिलो माध्यमबाट नेपालमा पैसा पठाउनका लागि सँधै सिटी एक्स्प्रेसको सेवा प्रयोग गरिदिनु भएकोमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दै, हामीले हालसम्म सेवा गर्ने अवसर नपाएका महानुभावहरु पनि हाम्रो नयाँ ग्राहक बनी हामीलाई सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं ।
भवदीय,
महेश कुमार श्रेष्ठ
अध्यक्ष
City Express Money Transfer Japan Co. Ltd.
Tokyo, Shinjuku-Ku, Hyakunin-Cho 2-4-5, Lions Mansion 507
Tel.: 03-5925-4121, Fax: 03-5925-4122
Email: [email protected], Web: www.ctxpress.com