Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
टोकियो- जापानमा विगत केही समययतादेखि आफु घाटामा गएको घोषणा गरेको एक कम्पनी एनइसीले विहीवार ठूलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको छ । सो कम्पनीले पहिलो पटक व्यापारमा घाटा परेको भन्दै विश्वका सबै आफ्ना उत्पादनहरुमा करिब १० हजारको संख्यामा कटौतीको घोषणा गरेको छ । सन् २०१२ को तेस्रो चौमासिक सम्ममा सो कम्पनीले करिब एक खर्ब जापानी येन घाटा पर्ने अनुमान सो कम्पनीले गरेको छ ।
सो घाटापछि उक्त कम्पनीले ती जागिर कटौतीको योजना अघि सारेको हो । सो कम्पनीले आगामी वर्षमा सबै कर्मचारीलाई तलब एवम् लगानीकर्ताका लागि मुनाफा दिनसक्ने अवस्था नरहेको बताएको छ ।  सो कम्पनीले जापानमा मात्र सात हजार जना र विदेशमा तीन हजारको संख्यामा कर्मचारी कटौती गर्ने योजना विहीवार सार्वजनिक गरेको हो ।  यो कटौतीको कार्यक्रमपछि सो कम्पनीले आगामी दिनमा उत्पान र व्यापारका क्षेत्रमा पुनः संरचना गर्ने पनि जनाएको छ ।
कम्प्युटर, प्राविधिक उत्पादन र सफ्टवेयरको निर्माणका काममा सो कम्पनीले काम गर्दै आएको छ । साथै सो कम्पनीले विद्युतीय प्रविधिका सामानहरु पनि उत्पादन गर्दै आएको छ । सन् २०११ को पछिल्लो नौ महिनामा यो कम्पनीले करिब ९७ अर्ब जापानी येन घाटा व्यहोरेको आंकडा यस अघि नै सार्वजनिक गरेको थियो । यो घाटा यसअघिको वर्षको तुलनामा निकै बढी हो । यस अघिको वर्षको सोही अवधिमा जापानमा सो कम्पनीले ५३ अर्ब जापानी येन घाटा व्यहोरेको थियो ।
सो कम्पनीले चालु वर्ष अर्थात् सन् २०१२ मा करिब एक खर्ब जापानी येन घाटा पर्ने भएकोले सो बमोजिम उत्पादनलाई पनि समायोजन गर्ने प्रयास गरेको बताएको छ ।
सन् २००८ मा सुरु भएको विश्वव्यापी आर्थिक मन्दीको प्रभावका कारण जापानको अर्थतन्त्रमा पनि नराम्रो असर सुरु भएको थियो । त्यसपछि सन् २०११ को मार्च ११ मा जापानमा आएको महाभूकम्पले पनि जापानको अर्थतन्त्रमा निकै नै नराम्रो प्रभाव पारेको थियो ।
विश्वको दोस्रो अर्थतन्त्रबाट तेस्रोमा झरेको जापानमा अहिले पनि अर्थिक मन्दीका प्रभावहरु देखा परिरहेका छन् । विशेषतः निर्यातमुखी अर्थतन्त्र रहेको जापानलाई विश्वमा सुरु भएको आर्थिक मन्दीका कारण उसको उत्पादन विक्री नहुँदा जापानी उत्पादनले विश्व बजारमा कममात्र प्रवेश पाउन थालेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया