Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – जापानको नोदा सरकारले अगाडी सारेको उपभोक्ता कर बृद्धिको योजनाको बारेमा बिभिन्न संचार माध्यामहरुले गरेको सर्बेक्षणमा अधिकांश जापानी जनताहरुले त्यसको बिरोध गरेको जनाइएको छ । हालै मात्र प्रधानमन्त्री नोदाले उपभोक्ता करको हालको ५ प्रतिशत दरलाई बृद्धि गरी १० प्रतिशत पुर्‍याउने योजना ल्याएको छ ।

त्यस सम्बन्धी क्योदो समाचारले गरेको एक सर्बेक्षण अनुसार ७९ दशमलब ५ प्रतिशत जनताले त्यसको बिरोध गर्दै सरकारले अनावश्यक खर्च कम गरेर देशको बजेट घाटा पूरा गर्नेतर्फ कदम चाल्नु पर्ने बताएका छन् । त्यसैगरी जापानको अर्को संचार माध्याम योमिउरी दैनिकले गरेको सर्बेक्षण अनुसार ५५ प्रतिशत जनता उपभोक्ता कर बृद्धिको बिरोधमा छन् भने ३९ प्रतिशत जनता समर्थनमा रहेको थाहा लागेको छ । जापानको अर्को प्रसिद्ध संचार माध्याम आसाही सिन्बुनले गरेको सर्बेक्षणमा भने ५७ प्रतिशत जनताले उपभोक्ता कर बृद्धिको बिरोध गरेका छन् ।

यसैबीच आसाही सिन्बुनले जनाए अनुसार हालै मात्र पुनर्गठन भएको नोदा सरकारको समर्थनमा २९ प्रतिशत जनताहरु रहेका छन् । उक्त अंक गत महिनाको तुलनामा २ प्रतिशत कम रहेको छ ।

स्मरणरहोस्, जापानको कुल गार्हथ्य उत्पादन (GDP) को दोब्बर रहेको राष्ट्रिय ऋणलाई सन्तुलनमा ल्याएर अघि बढ्ने हो भने नोदा सरकारले ल्याएको उपभोक्ता कर बृद्धिको योजना आवश्यक भएको बिश्लेषकहरुको भनाइ रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया