Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

युएई- रोजगारीको शिलशिलामा युएई पुगेका एक नेपाली बेपत्ता भएपछि खोजी गरिदिन गैर आवासिय नेपाली संघसमक्ष उनका आफन्तले अपिल गरेका छन । रोल्पा जिल्ला निवासी भिमे घर्तीका छोरा १८ बर्षिय फालमान घर्ती बेपत्ता भएका हुन । घर्ती एक महिना पहिले म्यानपावरमार्फत युएईको एक्सेस मेड सेफ स्काफोल्डिङ्ग कम्पनीमा काम गर्न गएका थिए ।लामो समयदेखि कसैको सम्पर्कमा नरहेको भन्दै उनको खोजी गरिदिन संघसँग आग्रह गरिएको उनकी काकी हरीसरा घर्तीले बताइन ।

यसैबिच, गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्व संयोजक चन्द्र रोकाहाले उनको खोजी कार्य भइरहेको बताएका छन् । साथै रोकाहाले कोही उनको सम्पर्कमा आएमा ००९७१५५९५३११५० मा जानकारी गरिदिन अनुरोध गरेका छन् ।***

तपाईको प्रतिक्रिया