Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

मलार्इ अन्तै दिने अरे, छिटो लिन आउ तिमी

बाबासँग कुरा छिनी हात मेरो समाऊ तिमी ।।

नचिनेका को-को धेरै आउँछन हेर्न मलाइ

कस्तो भा’छ यता मलाइ एक्लै नरमाउ तिमी ।।

बाबासँग कुरा गर्नु माने मान्छन् नमानेमा

मिर्मिरेमै भगाएर छिटो आइ लैजाउ तिमी ।।

ढिला तिमीले गर्यौ भने अर्कैको पो हुन्छु मत

पर्दैन भो गाजावाजा मात्रै सिउँदो रंगाउ तिमी।।

अहिलेसम्म पर्खिएरै बसें मैले तिम्लाइ ‘काले’

तिम्रो मनको  आँगनीमा छिटो मलाइ सजाउ तिमी।।

तपाईको प्रतिक्रिया