Deneme Bonusu Veren Siteler
शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

टोकियो – स्पेन फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनल (राउन्ड अफ १६) मा प्रवेश गरेको छ । शुक्रबार बिहान अमेरिकाको लस एन्जलस रंगशालामा अस्ट्रियामाथि ३-० गोलको सहज जित निकालेर स्पेन प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रियाविरुद्ध ‍ पूरै हावी भएको खेलमा स्पेनका मिकेल ओयारजाबालले २ तथा पेड्रो पोरो १ गोल गरे । ओयारजाबाल ३६ र ८९ तथा पोरो ६६औँ मिनेटमा गोल गरेका थिए । अस्ट्रियाले खेल अवधिभर गोल गर्न कुनै अवर सिर्जना गर्न सकेन । अब स्पेनले पोर्चुगल र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया