Deneme Bonusu Veren Siteler
शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

टोकियो – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार जापानी येनको भाउमा सुधार देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहेको येनको मूल्य आज केही पैसाले वृद्धि भई प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४५ पैसा र बिक्री दर ९ रुपैयाँ ४९ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको मूल्यमा प्रति १० इकाइ ३ पैसाको सुधार आएको हो ।

जापानी येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउ पनि आज पुनः उकालो लागेको छ । १ अमेरिकी डलरको खरिद दर १५२.३४ रुपैयाँ र बिक्री दर १५२ रुपैया४ पैसा कायम भएको छ।  आज युरोको बिक्री दर १७४ रुपैयाँ ५० पैसा र खरिद दर १७३.८१ रुपैयाँ कायम भएको छ । पाउन्डको बिक्री दर आज २०४ रुपैयाँ ०६ पैसा पुगेको छ ।

खाडी र मलेसियाको मुद्रा दर :-

  • कुवेती दिनार: ४९६ रुपैयाँ ७२ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
  • कतारी रियाल: ४१ रुपैयाँ ९६ पैसा
  • युएई दिराम: ४१ रुपैयाँ ६४ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ७३ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ ४९ पैसा
  • बहराइन दिनार: ४०५ रुपैयाँ ६९ पैसा

यसैगरी क्यानेडियन डलरको बिक्री दर १०७ रुपैयाँ ७३ पैसा, अस्ट्रेलियन डलर १०५ रुपैयाँ ५७ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर ९ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया