समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि थप ६ दिन म्याद थप गरिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले तेस्रोपटक म्याद थप गर्ने आदेश दिएको हो।
पौडेललाई असार ८ गते सुर्खेतबाट सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको थियो। उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग स्रोतले बताएको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई यसअघि पनि विशेष अदालतले दुई पटक अनुसन्धानका लागि म्याद थप गरिसकेको थियो।








