Deneme Bonusu Veren Siteler
शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा नेकपा एमालेका नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई दोषी ठहर गरेको छ। न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीले कोइरीलाई दिएको सफाइको फैसला उल्टाउँदै दोषी ठहर गरेको हो।

यस्तै, यही प्रकरणमा जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्माको सजाय पनि उच्च अदालतले घटाएको छ। जिल्ला अदालतको फैसला संशोधन गर्दै उच्च अदालतले शर्मालाई पाँच वर्ष कैद सजाय सुनाएको हो।

यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते शर्मा सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने कोइरीलाई भने सफाइ दिएको थियो।

तपाईको प्रतिक्रिया