Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरानका पूर्वमेयर हर्क साम्पाङ राईको नेतृत्वमा स्थापना भएको श्रम संस्कृति पार्टी पाँच महिनामै राष्ट्रिय दल बन्न सफल भएको छ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जित्दै र समानुपातिकमा ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै उक्त पार्टी संसद्मा पाँचौं ठूलो दलका रूपमा उभिएको हो।

समानुपातिकतर्फ पार्टीले ३ लाख ८५ हजार ८०६ मत (३.६ प्रतिशत) प्राप्त गर्दै ‘थ्रेसहोल्ड’ पार गरेको छ, जसबाट ४ सिट सुरक्षित भएको छ। यससँगै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका कुल ७ सांसद हुने भएका छन्। गत असोजमा स्थापना भएको यो दलले ‘माटो’ चुनाव चिह्न लिएर देशभर १०९ स्थानमा उम्मेदवारी दिएको थियो। पार्टी अध्यक्ष राई सुनसरी–१ बाट विजयी भएका छन्। त्यस्तै महासचिव आरएन राई खोटाङबाट र नेता ध्रुव राई भोजपुरबाट निर्वाचित भएका छन्।

निर्वाचन परिणामपछि धरानमा विजय जुलुस निकाल्दै अध्यक्ष राईले मतदातालाई धन्यवाद दिएका छन्। उनले संसद्मा जनताको आवाज मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया