समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ थियो भने १० ग्राम सुन २ लाख ६८ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम गरिएको छ।
सोमबार भने चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो भने १० ग्राम चाँदीको मूल्य ४ हजार ६३८ रुपैयाँ थियो। यस हिसाबले चाँदीको मूल्य प्रतितोला ३१० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ।








