समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले हर्मुज जलडमरू हुँदै हुने तेल आपूर्ति अवरुद्ध गर्न खोजे कडा सैन्य कारबाही गरिने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै उनले इरानले यस्तो कदम चाल्यो भने अमेरिकाले अहिलेसम्मको भन्दा २० गुणा कडा प्रहार गर्ने बताएका छन्।
उनले आवश्यक पर्यो भने सजिलै ध्वस्त पार्न सकिने लक्ष्यहरूमा आक्रमण गरिनेछ, जसले इरानलाई ठूलो क्षति पुर्याउन सक्छ। यद्यपि उनले यस्तो अवस्था नआओस् भन्ने आशा पनि व्यक्त गरेका छन्। हर्मुज जलडमरू विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिन्छ। विश्वभर ढुवानी हुने कच्चा तेलको करिब पाँचौँ भाग यही मार्गबाट ओसारपसार हुने गर्छ। चीनसहित धेरै एशियाली देशहरू यही मार्गबाट आयात हुने इन्धनमा निर्भर छन्।
यसअघि इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स ले केही खाडी र युरोपेली देशलाई मंगलबारदेखि हर्मुज जलडमरूबाट निर्बाध आवागमनको अनुमति दिइने जनाएको थियो।








