Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले हालै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएको बताएका छन्। उनले यो कुरा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा लाई जानकारी गराएका हुन्।

सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटवार्ताका क्रममा थापाले चुनावी हारको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने भन्दै सभापति पद त्याग्ने सोच व्यक्त गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले पार्टीको हारको जिम्मा लिएर पद छाड्नु उपयुक्त हुने धारणा राखेका थिए। तर उपसभापति शर्माले भने चुनावी पराजयको दोष एउटै व्यक्तिमा सीमित नभएको बताएका छन्। उनका अनुसार अहिले सभापतिले राजीनामा दिए पार्टी झन् अप्ठ्यारो अवस्थामा पर्न सक्छ।

शर्माले निर्वाचनको तयारीका लागि पार्टीसँग पर्याप्त समय नभएको पनि उल्लेख गरे। नयाँ कार्यसमिति गठन भएको केही दिनमै उम्मेदवारी दर्ता गर्नुपरेको र करिब ५० दिनभित्रै चुनाव सम्पन्न भएको उनले बताए। त्यसैले हतारमा निर्णय गर्नु भन्दा समग्र रूपमा हारको समीक्षा गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उपसभापति शर्माले सञ्चारमाध्यमसँग कुराकानी गर्दै सभापतिले राजीनामाबारे चर्चा गरेको पुष्टि गरेका छन्। उनका अनुसार यस विषयमा पार्टीभित्र थप छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया