Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको विषयमा खिसीट्युरी गर्नेहरूलाई चेतावनी दिएका छन्। हालै सम्पन्न आम निर्वाचनपछि केही ठूला दलका कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई होच्याउने प्रयास गरिरहेको भन्दै उनले त्यस्तो व्यवहार नगर्न आग्रह गरेका हुन्। चुनावको परिणामलाई लिएर अरूलाई अपमानित गर्ने प्रवृत्तिले अन्ततः त्यही दललाई कमजोर बनाउने उनले बताए।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले चुनावमा पहिलो स्थान हासिल गर्न नसकेको भन्दै कसैलाई पनि हेला वा मजाक नगर्न आग्रह गरेका छन्। ‘चुनावमा पहिलो स्थानमा आउन सकेन भनेर कसैले कसैलाई होच्याउने खिसी गर्ने नगरौँ ! यही चरित्रले पार्टी धरासायी बन्ने हो ! आज जितें भनेर धेरै नरमाउनु है !’ उनले लेखेका छन्।

हालैको प्रतिनिधिसभा निर्वाचनमा साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन निर्वाचन क्षेत्रमा जीत निकालेको छ। अध्यक्ष हर्क साम्पाङ स्वयं सुनसरी–१ बाट निर्वाचित भएका छन्। त्यसैगरी भोजपुर–१ बाट ध्रुवराज राई र खोटाङ–१ बाट आरेन राई पनि विजयी भएका छन्।

तपाईको प्रतिक्रिया