Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको शाही परिवारसँग सम्बन्धित सामग्रीहरू बिक्री गर्ने सांस्कृतिक संस्थाले लोकप्रिय ‘इम्पेरियल प्यालेस वालेट’ (राजदरबार वालेट र पर्स) को बिक्री पुनः सुरु गर्न शाही गृह एजेन्सीसँग छलफल थालेको छ । अत्यधिक मागका कारण व्यवस्थापनमा समस्या भएपछि गत वर्षको अन्त्यदेखि यसको बिक्री स्थगित गरिएको थियो ।

टोकियोस्थित इम्पेरियल प्यालेसको ‘इस्ट गार्डन्स’ मा रहेका पसलहरूमा पाइने यी छालाका वालेटहरूमा शाही परिवारको प्रतीक ‘क्रिसान्थमम’ (गोदावरी फूल) अंकित हुन्छ। १,००० देखि ५,००० येन (करिब ९०० देखि ४,५०० नेपाली रुपैयाँ) सम्म मूल्य पर्ने यी वालेटहरूलाई जापानी समाजमा ‘भाग्यको प्रतीक’ मानिन्छ । टेलिभिजन कार्यक्रमहरूमा यसको चर्चा भएपछि गत शरद ऋतुदेखि यसको माग ह्वात्तै बढेको हो ।

बिक्रीको जिम्मा पाएको ‘किकुयौ बुन्का क्योकाई’ संस्थाका अनुसार, वालेट किन्न बिहानै १,००० भन्दा बढी मानिसको भीड लाग्ने गरेको थियो भने कतिपय ग्राहक रातभरि नै लाइनमा बस्ने गरेका थिए । सीमित कर्मचारीले ठूलो भीड व्यवस्थापन गर्न नसकेपछि र सुरक्षा जोखिम बढेपछि गत डिसेम्बर २२ देखि बिक्री बन्द गरिएको थियो ।

टोकियो बाहेक क्योटो र ताचिकावामा पनि यसको बिक्री रोकिएको छ । संस्थाका प्रतिनिधिले भने, ‘हामी शाही गृह एजेन्सीसँग निरन्तर छलफलमा छौँ र छिट्टै नै व्यवस्थित रूपमा बिक्री पुनः सुरु गर्ने लक्ष्य राखेका छौँ ।’

 

तपाईको प्रतिक्रिया