Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – सेयर बजारमा सोमबार दोस्रो पटक सकारात्मक सर्किट लागेको छ। सुरुवातमा बजार करिब ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लाग्दै कारोबार २० मिनेटका लागि रोकिएको थियो। त्यसपछि बजार पुनः खुलेको केही समयमै सूचक थप करिब १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लाग्यो।

दोस्रो सर्किट लागेसँगै नियमअनुसार सेयर कारोबार फेरि ४० मिनेटका लागि स्थगित गरिएको छ। बजारमा उच्च खरिद चाप देखिएपछि सूचक तीव्र रूपमा उकालो लागेको हो।

यस वृद्धिसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३५.७२ अङ्कले बढेर २ हजार ८४८.२२ अङ्कमा पुगेको छ। बजारमा लगानीकर्ताको उत्साह बढेसँगै अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको देखिएको छ।

तपाईको प्रतिक्रिया