Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सर्लाही क्षेत्र नम्बर ४ को निर्वाचन परिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पराजयलाई सहज रूपमा स्वीकार गरेका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहसँग पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नेता थापाले निर्वाचित अमरेश सिंहलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना !’

हारका बाबजुद उनले आफूलाई मतदान गर्ने र विश्वास गर्ने सर्लाहीका नागरिकप्रति आभार प्रकट गरेका छन् । उनले आफूलाई माया, विश्वास र मत दिने सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको बताए । चुनाव हारे पनि सर्लाही क्षेत्र नम्बर ४ को विकास र स्थानीय सस्या समाधानमा आफ्नो सक्रियता कायम रहने उनले स्पष्ट पारेका छन् ।  उनले भनेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’

काठमाडौँ छाडेर मधेसको चुनावी मैदानमा ओर्लिएका थापाले २२ हजार ८३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका डा. अमरेशकुमार सिंहले ३५ हजार ६८८ मत ल्याएर जित हासिल गरे । जितसँगै सिंहले यस क्षेत्रमा आफ्नो बलियो पकड प्रमाणित गरेका छन् भने थापाले हार व्यहोर्नुपरेको छ ।

तपाईको प्रतिक्रिया