काठमाडौं – सर्वाधिक चासोको क्षेत्र रहेको झापा-५ मा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । पछिल्लो विवरण अनुसार, रास्वपाका वरिष्ठ नेता बालेन शाहले ५९ हजार ५६८ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत प्राप्त गरेका छन् । केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । गणनास्थलको सुरक्षा बढाइएको छ ।








