समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म १ लाख ७२ हजार ६४६ मत गणना भएको छ। निर्वाचन आयोग का अनुसार शनिबार दिउँसो १ बजेसम्म सो सङ्ख्यामा मत गणना सम्पन्न भएको हो। गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ। रास्वपाले हालसम्म ९४ हजार ९८ मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेस ले २८ हजार ३२३ मत ल्याएको छ भने नेकपा एमाले ले १९ हजार ९०५ मत पाएको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ८ हजार ८८० मत प्राप्त गरेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को ६ हजार ६४७ मत रहेको छ भने श्रम संस्कृति पार्टी ले ५ हजार ५६० मत पाएको छ। बाँकी मत अन्य दलहरूमा वितरण भएको आयोगले जनाएको छ।हालसम्मको मत परिणामअनुसार यी दलहरूले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गरेका छन्। अन्य दलहरूले भने उक्त सीमा पार गर्न सकेका छैनन्।
प्रतिशतका आधारमा हेर्दा रास्वपाले कुल मतको ५४.५० प्रतिशत मत प्राप्त गरेको छ। कांग्रेसले १६.४० प्रतिशत, एमालेले ११.५३ प्रतिशत, राप्रपाले ३.८५ प्रतिशत र श्रम संस्कृति पार्टीले ३.२२ प्रतिशत मत हासिल गरेका छन्। उता राष्ट्रिय परिवर्तन पार्टी ले ३ हजार ४६१ मत पाए पनि थ्रेसहोल्ड पार गर्न भने अझै पर्याप्त देखिँदैन।








