Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन अत्याधुनिक संघीय संसद् भवनमा आगामी चैतदेखि बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । सरकारले चैत १ गतेसम्म प्रतिनिधिसभा हलसहितका मुख्य ६ वटा संरचनाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै संसद् सचिवालयले आन्तरिक तयारी तीव्र पारेको हो ।

भवनको पछिल्लो अवस्थाबारे मुख्यसचिव सुमनराज अर्याल र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो । सो अवसरमा चैत पहिलो साताभित्र अनिवार्य रूपमा सभा हल उपलब्ध गराउन निर्माण पक्षलाई निर्देशन दिइएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

नयाँ परिसरमा ७०० सिट क्षमताको प्रतिनिधिसभा र २९० सिटको राष्ट्रिय सभा हल रहेको छ । यस्तै ३५० जना अट्ने संयुक्त लबी, १० वटा राजनीतिक दलका संसदीय कार्यालय, विशिष्ट पदाधिकारीका लागि अति विशिष्ट कक्ष र अत्याधुनिक पुस्तकालयको व्यवस्था गरिएको छ । सुरक्षाकर्मीका लागि छुट्टै भवन, ७०० सवारी साधन अट्ने पार्किङ र हरियाली बगैँचासहितको यो परिसर पूर्ण रूपमा प्रविधिमैत्री र सुविधासम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया