
टोकियो- मार्च १० मा हुने सज्जनराज वैद्य लाईभ कन्सर्टका लागि सज्जन सहितका १५ जना कलाकार जापान आईपुगेका छन् । कलाकारहरुलाई आयोजक समितिका तर्फबाट संयोजक बिरेन्द्र शाही लगायतका आयोजक टिमले हानेदा एअरपोर्टमा स्वागत गरेका थिए ।
कन्सर्ट यहि १० तारिख मंगलबार योयोगी नेशनल स्टेडियममा हुँदै छ । कन्सर्टमा ब्याण्डले आफ्नो प्रस्तुती मार्फत जापानका दर्शकहरुलाई झुमाउने छ । तन्नेरी पुस्ता विच अत्यन्त लोकप्रिय गायक सज्जनको कार्यक्रम जापानमा पहिलोचोटी हुन लागेको हो ।
जापानका नेपाली दर्शकका माझ नयाँ शैलीका साँगीतिक उभारले मंगलबार टोकियो गुञ्जायमान हुने आयोजकको दाबी छ ।
कन्सर्टमा करिब ४ हजार दर्शक आउने अपेक्षा गरिएको संयोजक शाहीले बताए ।
जिएमटी इन्टरनेशनल क. लि. को मुल ब्यानरमा हुन लागेको सो कन्सर्टमा येहे रेमिट्यान्स इभेन्ट पार्टनर रहेको छ भने रिलायवल लाईफ इन्स्युरेन्सको मुख्य प्रायोजन रहेको छ । समुद्रपारि डट कम मिडिया पार्टनर रहेको सो कन्सर्टको प्रोमोशन पार्टनरमा डिसी क्रियशन रहेको छ भने डिएनएस कम्पनी हस्पिट्यालिटी पार्टनरमा रहेको छ ।***








