Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन ठूलो मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई निकै फराकिलो अन्तरले पछि पार्दै जीत हासिल गरेका हुन्।

पुनले कुल २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत पाएका छन्, जुन पुनको मतभन्दा झण्डै तीन गुणा कम हो। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत पाएका छन्।

निर्वाचन परिणामको औपचारिक घोषणा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्न बाँकी रहेको छ। म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा यस पटकको निर्वाचनमा ४६ हजार २१५ मत खसेको थियो।

तपाईको प्रतिक्रिया