Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कोशी प्रदेशका पहाडी जिल्लाहरूमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रारम्भिक मतगणनामा उत्साहजनक नतिजा निकालेको छ । प्राप्त पछिल्लो विवरण अनुसार सो पार्टीले ६ वटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गर्दै स्थापित ठूला दलहरूलाई कडा चुनौती दिएको छ ।

श्रम संस्कृति पार्टीले भोजपुर, धनकुटा, खोटाङ, पाँचथर, उदयपुर-२ र इलाम-२ मा अग्रता कायम गरेको हो । भोजपुरमा सो पार्टीका ध्रुवराज राईले पूर्वमुख्यमन्त्री एवं एमाले नेता शेरधन राईलाई पछि पारेका छन् । ध्रुवले ४६७ मत पाउँदा शेरधन ४६० मतका साथ पछ्याइरहेका छन् । यस्तै, धनकुटामा एमालेका राजेन्द्र राईलाई उछिन्दै श्रम संस्कृतिका सानबहादुर राई ३,२३७ मतका साथ अगाडि छन् ।

इलाम–२ मा पनि सोही पार्टीका सुदीप राई १५०४ मतसहित अगाडि छन् भने एमालेका सुहाङ नेम्वाङ दोस्रो स्थानमा छन् । पाँचथरमा हस्तराज शेर्मा, खोटाङमा आरेन राई र उदयपुर-२ मा बलराज राईले आफ्नो अग्रता सुरक्षित राखेका छन् । यी क्षेत्रहरूमा कांग्रेस र एमालेका उम्मेदवारहरू क्रमशः दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

पहाडी क्षेत्रमा पार्टीको प्रदर्शन बलियो देखिए पनि अध्यक्ष हर्क साम्पाङ भने आफ्नै क्षेत्रमा पछि परेका छन् । सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १०१५ मतसहित शीर्ष स्थानमा रहँदा हर्क साम्पाङ ३०३ मतका साथ दोस्रो स्थानमा खुम्चिएका छन् । 

तपाईको प्रतिक्रिया