Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले पहिलो जित हात पारेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रो पटक सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

मतगणनाको अन्तिम परिणामअनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याएका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्। मुस्ताङबाट पुनः विजयी भएसँगै थकाली दोस्रो कार्यकालका लागि प्रतिनिधिसभामा जाने भएका छन्।

तपाईको प्रतिक्रिया