काठमाडौँ – म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार महाविर पुन अग्रस्थानमा देखिएका छन्।
मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार हालसम्म २,८१३ मत गणना गरिएको छ। तीमध्ये २,६२६ मत सदर र १८७ मत बदर भएका छन्।
हालसम्मको नतिजा अनुसार :
🔹 महाविर पुन (स्वतन्त्र) – १,०६६ मत
🔹 हरिकृष्ण श्रेष्ठ (नेकपा एमाले) – ६१२ मत
🔹 अर्जुनबहादुर थापा (नेकपा) – ४७२ मत
🔹 कर्णबहादुर भण्डारी (नेपाली कांग्रेस) – ३९५ मत
मतगणना अझै जारी रहेको छ र थप परिणाम आउन बाँकी छ।








