काठमाडौं – निर्वाचन आयोगले सबै जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि उत्साहजनक मतदान भइरहेको बताएको छ । मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको हो ।
आयोगका अनुसार यो भनेको कुल मतको लगभग १८ प्रतिशत हुन आउछ । बेलुका ५ बजेसम्म मतदान गर्न पाइने छ ।








