Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको राजधानी टोकियो नजिकै पर्ने चिबा प्रान्तमा आइतबार बिहानै एउटा घरमा भीषण आगलागी हुँदा तीन जनाको शव फेला परेको छ । आगलागीपछि दुई बालबालिकासहित परिवारका तीन सदस्य बेपत्ता भएका छन् ।

स्थानीय प्रहरीका अनुसार चिबाको मुत्सुजावास्थित छ जनाको परिवार बस्ने घरमा बिहान करिब ३:०५ बजे आगो सल्किएको थियो । बेपत्ता हुनेहरूमा प्राथमिक विद्यालयमा अध्ययनरत दुई बालिका र उनीहरूकी ६० वर्षीया हजुरआमा रहेका छन् । फेला परेका शवहरू उनीहरूकै हुन सक्ने आशंका गरिएको छ ।

आगलागीमा परेका अन्य दुई जनालाई भने जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरी र दमकल विभागले आगलागीको कारणबारे थप अनुसन्धान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया