Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा हालै सम्पन्न आम निर्वाचनमा पराजित एक प्रमुख विपक्षी दलकी उम्मेदवारलाई चुनावी अभियानका क्रममा कर्मचारीहरूलाई घुस बाँडेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ‘डेमोक्रेटिक पार्टी फर द पिपुल’का तर्फबाट टोकियो निर्वाचन क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनेकी ६३ वर्षीया नोबुको इरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जापानको निर्वाचन कानुन अनुसार चुनावी प्रचारप्रसारमा खटिने कर्मचारीहरूलाई सिधै नगद भुक्तानी गर्न निषेध गरिएको छ । अनुसन्धानका अनुसार इरी र उनका दुई सहयोगीले १० जनाभन्दा बढी कर्मचारीहरूलाई पर्चा बाँड्नेलगायतका कामका लागि करिब ४ लाख ५० हजार येन (जापानी मुद्रा) अवैध रूपमा वितरण गरेको आशंका गरिएको छ ।

घटना सार्वजनिक भएपछि पार्टीका नेता युइचिरो तामाकीले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका छन् । उनले यसलाई ‘अत्यन्तै खेदजनक घटना’ भन्दै यसले चुनावी निष्पक्षतामाथि प्रश्न उठाएको बताएका छन् । पूर्व सञ्चारकर्मी (फूजी टेलिभिजन) तथा महानगर सभा सदस्यसमेत रहिसकेकी इरी फेब्रुअरी ८ मा भएको निर्वाचनमा २१,०१८ मत प्राप्त गर्दै चौथो स्थानमा रहेकी थिइन् । प्रहरीले पैसा लिने अन्य कार्यकर्ताहरूमाथि पनि अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया