Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो — चीन र जापानबीचको कूटनीतिक तनाव बढ्दै जाँदा जनवरी महिनामा जापान आउने मुख्यभूमि चीनका पर्यटकको संख्या गत वर्षको तुलानमा ६०.७ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ ।

जापान नेशनल टुरिज्म अर्गनाइजेशनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, “गत वर्ष चिनियाँ नयाँ वर्ष (लुनार न्यू इयर) जनवरी अन्त्यतिर परेको थियो भने यस वर्ष फेब्रुअरीको मध्यतिर परेको छ ।”

यसका साथै चिनियाँ सरकारले जापान भ्रमण नगर्न सल्लाह दिएको छ । उडान संख्या घट्नु जस्ता कारणले पनि विदेशी पर्यटक संख्या अघिल्लो वर्षको सोही अवधिभन्दा कम भएको जनाएको छ । यसअघि चिनियाँ पर्यटक जापानमा सबैभन्दा धेरै आउने समूह थिए । कमजोर येनका कारण किनमेल सस्तो हुँदा चेरी ब्लसम र माउन्ट फुजीको देश जापानमा पर्यटन बूम आएको थियो ।

तर यस वर्ष जनवरीमा दक्षिण कोरिया जापान आउने सबैभन्दा ठूलो स्रोत बनेको छ, जहाँबाट १२ लाख पर्यटक आएका छन्, जुन २१.६ प्रतिशतले वृद्धि हो । त्यसको तुलनामा चीनबाट ३८५,३०० पर्यटक मात्र आएका छन्, जुन २०२५ जनवरीको ९८०,५२० बाट निकै कम हो ।

यस्तै हङकङबाट आउने पर्यटक पनि १७.९ प्रतिशतले घटेका छन् । समग्रमा जनवरीमा जापान आउने विदेशी पर्यटक संख्या ४.९ प्रतिशतले घटेर ३५ लाख ९७ हजार पुगेको छ । नोभेम्बरमा प्रधानमन्त्री सानाए ताकाइचीले चीनले बल प्रयोग गरेर ताइवान कब्जा गर्ने प्रयास गरे जापानले सैन्य हस्तक्षेप गर्न सक्ने संकेत दिएकी थिइन् ।

चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्न सकिने बताउँदै आएको छ । यस विषयमा जापानको धारणा प्रति चीनले कडा आपत्ति जनाएको थियो । चीनले टोकियोस्थित जापानी राजदूतलाई बोलाएर नोभेम्बर १४ मा आफ्ना नागरिकलाई “जापान भ्रमण गर्दा व्यक्तिगत सुरक्षामा जोखिम हुन सक्छ” भन्दै चेतावनी दिएको थियो । जसले गर्दा डिसेम्बरमै चिनियाँ पर्यटकको संख्या ४५ प्रतिशतले घटेर ३३०,००० मा झरेको थियो ।

तपाईको प्रतिक्रिया