Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा १८ वर्ष उमेर समूहको जनसंख्यामा आएको तीव्र गिरावटसँगै सन् २०४० सम्म मुलुकका करिब ३० प्रतिशत निजी विश्वविद्यालयहरू गम्भीर आर्थिक संकटमा पर्ने देखिएको छ । जापानी शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणअनुसार विद्यार्थी अभावका कारण करिब १७० वटा शिक्षण संस्थाहरू बन्द हुने वा उच्च जोखिममा रहने देखिएको हो ।

मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा ६ लाख ३० हजार रहेको विश्वविद्यालय भर्ना संख्या सन् २०४० सम्म घटेर ४ लाख ६० हजारमा झर्ने अनुमान गरिएको छ । विशेषगरी सन् २०३६ देखि २०४० को अवधिमा विद्यार्थी संख्यामा १ लाखभन्दा बढीको भारी गिरावट आउने र यसलाई ‘तीव्र गिरावटको अवधि’ मानिएको छ ।

आर्थिक जोखिमको अवस्था
मन्त्रालयले ६०१ वटा निजी विश्वविद्यालयमा गरेको अध्ययनले यस्तो देखाएको हो:-

  • अति उच्च जोखिम: १७० वटा विश्वविद्यालय (जसको आर्थिक क्षमता ४ वर्षभन्दा कम रहनेछ)
  • उच्च जोखिम: ८७ वटा विश्वविद्यालय (आर्थिक क्षमता ४ देखि १० वर्ष)
  • मध्यम जोखिम: २४२ वटा विश्वविद्यालय
  • सुरक्षित: केवल १०२ वटा विश्वविद्यालय मात्रै आर्थिक रूपमा बलियो अवस्थामा रहनेछन् ।

शिक्षा मन्त्रालयले विश्वविद्यालयहरूलाई अन्तिम समयसम्म संकट कुरेर बस्नुभन्दा समयमै भर्ना संख्या कटौती गर्ने वा संस्था बन्द गर्ने जस्ता ठोस निर्णय लिन आग्रह गरेको छ । सरकारले सन् २०२६ देखि २०३० सम्मलाई ‘अनुकूलनको पहिलो चरण’ घोषणा गर्दै विश्वविद्यालयहरूको आकार र संख्या व्यवस्थापन गर्न विशेष नीति ल्याउने तयारी गरेको छ ।

मन्त्रालयका एक अधिकारीले भने, ‘हामी चाहन्छौं कि विश्वविद्यालयहरूले भविष्यलाई हेरेर अग्रिम रूपमा सक्रिय निर्णयहरू लिउन्, ताकि अन्तिम घडीमा आएर विद्यार्थी र शैक्षिक गुणस्तरमा असर नपरोस् ।’

तपाईको प्रतिक्रिया