Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको सिजुओका प्रान्तस्थित इटो शहरकी पूर्व मेयर ताकुबो माकीको घरमा शनिबार प्रहरीले छापा मारेको छ । चुनावी अभियानका क्रममा आफ्नो शैक्षिक योग्यताका बारेमा झूटो विवरण पेश गरेको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको हो ।

ताकुबोले आफू ‘तोयो विश्वविद्यालय’ बाट स्नातक उत्तीर्ण भएको दाबी गर्दै सञ्चारमाध्यममा विवरण सार्वजनिक गरेकी थिइन् । तर, वास्तवमा उनलाई उक्त विश्वविद्यालयबाट निष्कासन गरिएको खुलेको छ ।

नगर सभाले गठन गरेको विशेष छानबिन समितिले शैक्षिक प्रमाणपत्र माग गर्दा उनले बुझाउन अस्वीकार गरेकी थिइन् । उनीमाथि सार्वजनिक पद निर्वाचन ऐन र स्थानीय स्वायत्तता ऐन उल्लंघन गरेको अभियोगमा उजुरी दर्ता गरिएको छ ।

प्रहरीले यसअघि उनीसँग स्वेच्छिक सोधपुछ गर्दै कागजात पेश गर्न आग्रह गरेको थियो । तर, ताकुबोले आफूसँग कागजात बुझाउन इन्कार गर्ने कानुनी अधिकार रहेको दाबी गर्दै प्रहरीको आग्रहलाई अस्वीकार गरेपछि शनिबार उनको घरमै छापा मारिएको हो । उनले आफूमाथि लागेका आरोपहरू निराधार रहेको र कुनै अपराध नगरेको दाबी गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया