Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको ऐतिहासिक पर्यटकीय सहर क्योटोले बसमा हुने अत्यधिक भीडभाड व्यवस्थापन गर्न ‘बोर्डिङ’ र ‘एक्जिट’ (चढ्ने र ओर्लने) नियममा आमूल परिवर्तन गर्ने भएको छ । सन् २०२८ को अन्त्यदेखि लागू हुने गरी किहोटो महानगरपालिकाले नयाँ नियम ल्याउन लागेको हो ।

हाल क्योटोका बसहरूमा पछाडिको ढोकाबाट छिर्ने र ओर्लने समयमा अगाडिको ढोकाबाट भाडा तिर्ने प्रचलन छ । तर, नयाँ व्यवस्थाअनुसार अब यात्रुहरू अगाडिको ढोकाबाट चढेर सुरुमै भाडा तिर्ने र पछाडिको ढोकाबाट ओर्लनुपर्नेछ । यस परिवर्तनले यात्रुको आवागमनलाई छिटो र छरितो बनाउने विश्वास महानगरको छ ।

महानगरका ८४ मध्ये ६० वटा रुटमा यो नयाँ नियम लागू गरिनेछ । यसका लागि ५५० वटा बस स्टपहरूमा भौतिक सुधार गर्नुपर्नेछ भने बसहरूमा नयाँ सञ्चार प्रणाली जडान गरिनेछ । यस परियोजनाको कुल लागत करिब २ अर्ब येन (१ करोड ३१ लाख डलर) अनुमान गरिएको छ । किहोटोका मेयर कोजी मात्सुईले पर्यटकबाट संकलन गरिने ‘आवास कर’लाई यस सुधार कार्यमा खर्च गरिने जानकारी दिएका छन् ।

यस योजनाको डिजाइन र सर्वेक्षण सन् २०२६ बाट सुरु हुनेछ भने निर्माण कार्य २०२८ मा सम्पन्न हुनेछ । अगाडिको ढोकाबाट यात्रु छिर्दा चालकले ठूला सामान र झोला बोकेका यात्रुहरूलाई सिधै निर्देशन दिन सक्ने हुँदा बसभित्रको अव्यवस्था कम हुने अपेक्षा गरिएको छ । ह्विलचेयर प्रयोगकर्ताका लागि भने साविककै व्यवस्था कायम रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया