Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ (सिआरए) को नयाँ अध्यक्षमा ५४ वर्षीय जुन्या ओगावा निर्वाचित भएका छन् । हालै सम्पन्न आम निर्वाचनमा पार्टीले व्यहोरेको ठूलो पराजयपछि दललाई नयाँ गति दिने उद्देश्यका साथ शुक्रबार उनलाई नेतृत्व सुम्पिएको हो ।

पार्टीका ४९ सांसदमध्ये २७ जनाको समर्थन प्राप्त गर्दै ओगावाले प्रतिद्वन्द्वी ताकेशी सिनालाई पराजित गरे। निर्वाचनमा नराम्रो हार व्यहोरेपछि यसअघिका सह-अध्यक्षहरू योशिहिको नोदा र तेत्सुओ साइतोले नैतिकताका आधारमा राजीनामा दिएका थिए । नयाँ नेतृत्व चयन भएपछि ओगावाले पार्टीको आन्तरिक संरचना मजबुत बनाउँदै अन्य शक्तिहरूसँग सहकार्य गर्ने र जनताको पक्षमा परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत आइतबार भएको तल्लो सदनको निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले भारी बहुमत प्राप्त गरेको थियो । सानाय ताकाइचीको नेतृत्वमा रहेको गठबन्धनले विजय हासिल गरेपछि उनी अर्को साता पुनः प्रधानमन्त्री नियुक्त हुने निश्चित छ ।

‘कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापान’ (सिडीपिजे) र ‘कोमेइतो’ मिलेर गत जनवरीमा बनेको यस विपक्षी गठबन्धनले निर्वाचनमा आफ्नो दुई तिहाइभन्दा बढी सिट गुमाएको छ। १६७ सिट रहेको यो दल ४९ सिटमा खुम्चिएपछि जापानको इतिहासमै सबैभन्दा कमजोर मुख्य विपक्षी दल बनेको छ । यससँगै दलका धेरै प्रभावशाली र पुराना नेताहरूले समेत आफ्नो सिट गुमाएका छन् ।

आठ पटक सांसद चुनिएका ओगावाको कार्यकाल आगामी चैत (मार्च) सम्म रहनेछ । उनले पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गर्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउने र अनुभवी नेताहरूसँगको समन्वयमा पार्टीलाई पुनर्जीवन दिने ठूलो चुनौती सामना गर्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया