Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको आइची प्रान्तस्थित इनाजावा शहरका एक नगर सदस्य (काउन्सिलर) लाई कुटपिट र रकम असुलीको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय नगर काउन्सिलर ताकाओ यामादाले एक व्यक्तिलाई धम्क्याएर जबरजस्ती रकम निकाल्न लगाएको आरोपमा फेब्रुअरी ९ मा आइची प्रिफेक्चरल प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, यो घटना गत नोभेम्बर ९, २०२५ को मध्यरात करिब ३ बजे इचिनोमिया शहरको एक रेस्टुरेन्टमा घटेको थियो । यामादाले त्यहाँ रहेका एक ४० वर्षीय स्वरोजगार व्यक्तिलाई अनुहारमा मुक्का प्रहार गरेको आरोप छ । मुक्का प्रहार गरेपछि उनले ती व्यक्तिलाई धम्क्याउँदै भनेका थिए, ‘तिमीले कति पैसा तिर्न सक्छौ ? जाऊ, पैसा निकालेर ल्याऊ ।’

धम्कीपछि ती व्यक्तिले ३० हजार येन यामादालाई बुझाएका थिए। पक्राउ परेपछि इचिनोमिया प्रहरी स्टेशनमा बयान दिने क्रममा यामादाले आफूमाथि लागेको आरोप स्वीकार गर्दै भनेका छन्, ‘घटनाको समग्र विवरण सही छ ।’

प्रहरी अनुसन्धानबाट खुलेअनुसार, यामादा सो रेस्टुरेन्टका लगानीकर्ता र वास्तविक मालि थिए । पीडित व्यक्ति र यामादाबीच यसअघि कुनै पनि चिनजान वा सम्पर्क नभएको पाइएको छ । पीडितले घटनाको जानकारी प्रहरीलाई दिएपछि अनुसन्धान अघि बढाइएको थियो ।

प्रहरीले यामादाले नै एकतर्फी रूपमा विवाद सुरु गरेको र आक्रमण गरेको हुन सक्ने आशंकामा घटनाको थप कारण र उद्देश्यबारे विस्तृत अनुसन्धान गरिरहेको छ । स्थानीय तहको जिम्मेवार पदमा रहेका व्यक्ति यस्तो आपराधिक क्रियाकलापमा संलग्न भएपछि इनाजावा शहरमा यसले तरंग पैदा गरेको छ ।

तपाईको प्रतिक्रिया