Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानकी प्रधानमन्त्री सानाए टाकाइचीले प्रतिनिधि सभा निर्वाचनमा सत्ताधारी गठबन्धनको भारी विजयलाई आफ्नो सरकारले अघि सारेका ‘महत्त्वपूर्ण नीतिगत परिवर्तन’ का लागि प्राप्त स्पष्ट जनमत भएको बताएकी छिन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री टाकाइचीले जापान अब ‘अत्यधिक वित्तीय मितव्ययिता’बाट बाहिर निस्कनुपर्ने बताउँदै आफ्नो ‘जिम्मेवार तर आक्रामक’ वित्तीय नीति लागू गर्ने दृढता व्यक्त गरिन् । निर्वाचनमा टाकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ३१६ सिट जित्दै ऐतिहासिक सफलता हात पारेको छ भने उसको सहयोगी दल जापान इनोभेसन पार्टी (जेआईपी) ३६ सिटमा विजयी भएको छ । यी दुई दलको गठबन्धनले तल्लो सदनमा ३५२ सिटका साथ ‘दुई-तिहाइ बहुमत’ प्राप्त गरेका छन् ।

यो जितसँगै टाकाइचीलाई जापानको दशकौँ पुरानो शान्तिवादी संविधान संशोधन गर्ने बाटो खुलेको छ । संविधान संशोधनका लागि संसदका दुवै सदनमा दुई-तिहाइ बहुमत आवश्यक पर्छ । एलडिपीले विशेषरी संकटकालीन अवस्थामा सरकारलाई थप शक्ति दिने प्रावधान र जापानको ‘आत्मरक्षा बल’ (एलसिएफ) को कानुनी स्थितिलाई स्पष्ट पार्ने गरी संविधान परिमार्जन गर्न चाहेको छ ।

‘हिजोको नतिजामार्फत जनताले मलाई नीतिगत परिवर्तनका लागि बलियो प्रोत्साहन दिएका छन्,’ प्रधानमन्त्रीले भनिन्, ‘चुनौती मोल्न नसक्ने राष्ट्रको भविष्य हुँदैन ।’ चुनावी प्रतिबद्धता अनुसार सरकारले खाद्य वस्तुमा लाग्ने ८ प्रतिशत उपभोक्ता करलाई दुई वर्षका लागि स्थगन गर्ने विषयमा पनि छलफल अघि बढाउने उनले जानकारी दिइन् ।

अर्कोतर्फ, यो निर्वाचन मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ का लागि निकै घातक सावित भएको छ । सो पार्टीको सिट संख्या १६७ बाट खुम्चिएर ४९ मा झरेको छ । हारको नैतिक जिम्मेवारी लिँदै पूर्व प्रधानमन्त्री योशिहिको नोडा र तेत्सुओ साइतोले नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आगामी फेब्रुअरी १८ मा बस्ने संसदको विशेष अधिवेशनले टाकाइचीलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गर्नेछ । यसपटकको निर्वाचनमा ५६.२६ प्रतिशत मतदान भएको थियो, जसमा २ करोड ७० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदानमार्फत सहभागी भएर नयाँ कीर्तिमान कायम गरेका छन् ।

तपाईको प्रतिक्रिया