Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानमा आइतबार यो सिजनकै सबैभन्दा शक्तिशाली हिमपात भइरहेको छ। जापान सागर आसपासका क्षेत्रमा अत्यधिक हिउँ पर्ने चेतावनी दिइएको छ भने राजधानी टोकियोसहित वरपरका क्षेत्रमा पनि बाक्लो हिउँ जमेको छ।

आजै जापानमा प्रतिनिधि सभाको आम निर्वाचनका लागि मतदान भइरहेको छ। हिउँका कारण धेरै मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या परेको छ। मौसम निकायका अनुसार तोयामा क्षेत्रमा ४३ सेन्टिमिटर र कानाजावामा ३२ सेन्टिमिटरसम्म हिउँ जमेको छ।

लगातारको हिमपातले सडक यातायात अवरुद्ध हुने, सवारी साधन बाटोमै अड्किने र दुर्घटनाको जोखिम बढेको छ। सम्बन्धित निकायले हिउँमा फसेको अवस्थामा सवारी साधनभित्र कार्बन मोनोअक्साइड ग्यासको खतरा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। मौसमविद्हरूका अनुसार हिमपात सोमबारसम्म जारी रहनेछ भने त्यसपछि क्रमशः तापक्रम बढ्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया