समाचार सुन्नुहोस :
काठमाडौं – जापानको चारदिने औपचारिक भ्रमणमा रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको छ। टोकियोमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई सम्मानस्वरूप गार्ड अफ अनर दिइएको हो।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान पुग्नु भएको थियो। नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आयोजना गरिएको विशेष समारोहमा सहभागी हुन उहाँ जापान जानु भएको हो।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची सानाएसँग शिष्टाचार भेटघाट पनि गर्नुभएको छ। उक्त भेटमा नेपाल-जापान सम्बन्ध, आपसी सहकार्य र मित्रतालाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ। ***








