Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदको प्रतिस्पर्धामा पराजित भएका विष्णु रिमालले नतिजालाई लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक अभ्यासका रूपमा लिएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महाधिवेशन गरिमा र उत्साहका साथ सम्पन्न भएको उल्लेख गरेका छन्। नयाँ केन्द्रीय नेतृत्व चयनका क्रममा स्वस्थ र साथीभावपूर्ण प्रतिस्पर्धा देखिएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदन भएको उनले बताए। रिमालका अनुसार आफू एक जना उपमहासचिव र एक जना उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित भएका छन्। यस्तो नतिजा न अस्वाभाविक भएको र न नै चिन्ताको विषय रहेको उनले स्पष्ट पारे।

उनले जनताको बहुदलीय लोकतन्त्रको मूल भावना अनुसार प्रतिस्पर्धालाई स्वीकार गर्दै नतिजालाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ आत्मसात गरेको बताएका छन्। पार्टीभित्र औपचारिक जिम्मेवारीमा परिवर्तन आए पनि साझा लक्ष्य र साथीभाव यथावत् रहेको उल्लेख गर्दै रिमालले आगामी दिनमा पनि पार्टीको एउटै मार्गमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया