समाचार सुन्नुहोस :
काठमाडौँ – शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ७४ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
आज सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तो भएको छ। आज चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो पुस ३ गते चाँदीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेर प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।








