समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन २ लाख ५९ हजार रुपैयाँमा किनबेच भएको थियो। सोमबार सुन २ लाख ६० हजार ७०० रुपैयाँ र आइतबार २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको छ। बुधबार चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदी ३ हजार ८ सय ८५ रुपैयाँमा किनबेच भएको थियो। त्यसअघि सोमबार चाँदी ३ हजार ८ सय ७० रुपैयाँ र आइतबार ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो।








