Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया विधिवत् रूपमा सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य बिहीबार बिहान ५:३५ बजे सकिएको हो ।

निर्वाचन आयोगका अनुसार महाधिवेशनमा कुल मतदाता सङ्ख्या २ हजार २ सय ६३ रहेकोमा २ हजार २ सय २७ जना प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका छन् । यो कुल मतदाता सङ्ख्याको ९८.४ प्रतिशत हो ।

आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले दिएको जानकारी अनुसार मतदानका लागि योग्य रहेका प्रतिनिधिमध्ये ३६ जनाले भने मतदानको टोकन नै लिएनन् । उनीहरू मतदान प्रक्रियामा अनुपस्थित रहे ।

विद्युतीय मेसिन (भोटिङ मेसिन) मार्फत गरिएको मतदानको अन्तिम चरणमा ८० जनाले मतदान गरिरहँदा १० जना लामबद्ध थिए । सोही क्रम पूरा भएसँगै मतदान कार्य ५ बजेर ३५ मिनेटमा पूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

नेतृत्व चयनका लागि देशभरबाट आएका प्रतिनिधिहरूको उत्साहजनक सहभागिताका बीच मतदान शान्तिपूर्ण रूपमा सकिएको छ । अब छिट्टै मतगणना प्रक्रिया अघि बढाइने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया